नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । उक्त बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी विहीबार केन्द्रीय कमिटी बैठक नबोलाएको बताएका छन् ।
नेपालले पार्टी एकता र विपक्षी गठबन्धनका विषयमा आवश्यक निर्णय लिन विहीबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
तामाङले वक्तव्यमा भनेका छन्, ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’
