दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

जाजरकोटमा दाम्लोले बाँधेर युवालाई कुटपिट गरेको आरोपमा जुनिचाँदे गाउँपालिका – २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय सर्पे दमाइलाई गत साउन १५ गते वडाध्यक्ष नेपालीले डोरीले बाँधेर कुटपिट गरेका उनलाई आज (बिहीबार) जाजरकोट प्रहरीले पक्राउ गरेको हो । भिडियो बाहिर आएपछि इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।



त्यस्तै पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । तर, पीडित दमाइले अहिलेसम्म जाहेरी नदिएकाले पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित समाचार