नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बैठक बसिरहेको छ । नेता प्रकाशमान सिंहको चाक्सवारीस्थित् निवासमा नेताहरु छलफलमा जुटेका हुन् ।
१४औं महाधिवेशन नजिकिएको बेला अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद टुँगो नलागेको भन्दै उनीहरु छलफलमा जुटेका छन् । बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा .मिनेन्द्र रिजाल सहभागी छन्।
आगामी भदौ १६ गते निर्धारित कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा प्रभावित भएको छ ।
