नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने बताएका छन् । नेता प्रकाशमान सिंहको चाक्सवारीस्थित् निवासमा बसेको पौडेल पक्षको बैठक बसेको थियो ।
पत्रकारहरुलाई बैठकबारे जानकारी दिँदै नेता पौडेलले प्रक्रिया छोट्याएर निर्वाचन समितिले पूर्वनिर्धारित समयमै महाधिवेशन गर्न सक्ने बताए । पौडेल पक्षले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइरहेको छ।
बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा .मिनेन्द्र रिजाल को सहभागीता रहेको थियो । आगामी भदौ १६ गते निर्धारित कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा प्रभावित भएको छ ।
