एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

२१ साउन काठमाडौंको बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईं रहेका छन् । रातिको साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार