महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ हुनेमा रंगेली नगरपालिका-२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेव रहेका छन् । ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार