नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।

तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ हुनेमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिन बहादुर सारु रहेका छन् । ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
