नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर तस्करी गरेको आरोपमा प्रहरीले झापाबाट दुई महिला पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका-१ की ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थानकी २५ वर्षीया विमला धिमाल छन्।
झापा गौरीगञ्ज गाउँपालिका-४ कदमगाछीस्थित सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मञ्जुले गुप्तांगमा ब्राउन सुगर लुकाएको पाइएको थियो। विमलाको पनि संवेदनशील अंगमा ब्राउन सुगर भेटिएको थियो।
उनीहरू दुवैका साथबाट प्रहरीले ४४-३ ग्राम ब्राउनसुगर फेला पारेको छ। दुवैलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी अनुसन्धान गरिएको र आइतबार झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिने झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
