स्रोत नखुलेको रकम सहित चार जना पक्राउ

स्रोत नखुलेको रकम सहित ४ जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत ४ जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-२२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त स्रोत नखुलेको रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।



उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान बिभाग ललितपुर पठाएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार