आज देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर वर्षाको सम्भावना रहेको छ। जसमध्ये केही स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।



राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार