नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

काठमाडौँ सहित विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारास्थित पोखरीमा बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने २२ वर्षीय राजु सुनार सोही महानगरपालिका-१६ दिप हाउजिङ नजिक सेती नदीको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस्तै गोरखा नगरपालिका-१० ठुटी बजारस्थित दरौदी खोलामा सोही नगरपालिका-२ बस्ने ७० वर्षीय कुल बहादुर आले मृत अवस्थामा फेला परेका छन् भने सिन्धुली, घ्याङलेख गाउँपालिका-५ बजुडाँडा बस्ने बिष्णु बिकको छोरा ११ वर्षीय सुमन बिक आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
