जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ हुनेमा बर्दिया मधुवन नगरपालिका-६ बस्ने २८ वर्षीय शंकर सुनार रहेका छन् । सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार