आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

हाल बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकोले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज प्रदेश नं १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेश एक वा दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।



बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार