बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ

पक्राउ हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे रहेका छन् । थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार