अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौं महानगरपालिका-३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्की रहेका छन् ।

पाँचथर तुम्बेवा गाउँपालिका-५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाईदिन्छु भनी प्रलोभनमा पारी उक्त रकम ठगी गरी सम्पर्क विहीन भएको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा अर्जुनधारा नगरपालिका-५ शान्तिचोकबाट पक्राउ गरेको छ ।



उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

सम्बन्धित समाचार