नेपालमा तीन हजार ४२ जनामा संक्रमण पुष्टि, २६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १७ हजार ६५४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ५३० पीसीआर परीक्षण गर्दा दुई हजार ७९ र सात हजार १२४ जनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार २४४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ । जसमा ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७१४ संक्रमित आईसीयूमा र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ।

सम्बन्धित समाचार