आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ६५० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ६५८ पीसीआर परीक्षण गर्दा एक हजार ६१९ र तीन हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३८५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ८४६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख २१ हजार १८२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ । जसमा ३१ हजार ६१९ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४४ संक्रमित आईसीयूमा र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ र एन्टिजेन विधिबाट ८४ हजार २९४ जना पुगेको छ ।

सम्बन्धित समाचार