नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदाै ।
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै मनसुनी न्यून चापीय रेखा तराई भूभाग भन्दा केही तल रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि केही स्थानमा वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।