आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७ हजार ९८१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ र दुई हजार ८०१ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ५३४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख २७ हजार १८५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको छ । जसमा २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५२३ संक्रमित आईसीयूमा र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ६९ हजार २७१ र एन्टिजेन विधिबाट ८५ हजार ५० जना पुगेको छ ।

सम्बन्धित समाचार