आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ९७९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा एक हजार ४८८ र चार हजार ३७० जनाको एन्टिजेन परीक्षण गर्दा ४०९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ७४३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ । जसमा २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५१२ संक्रमित आईसीयूमा र १६३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७० हजार ७५९ र एन्टिजेन विधिबाट ८५ हजार ४५९ जना पुगेको छ ।

सम्बन्धित समाचार