आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ३४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ४२३ जना र तीन हजार ९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार ७२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ३१ हजार जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ । जसमा २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५१४ संक्रमित आईसीयूमा र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट ८५ हजार ७१३ जना पुगेको छ ।

सम्बन्धित समाचार