आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ९४४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ८९८ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ५८ जना र तीन हजार ४६ जनामा गरिएको एन्टिजेन परीक्षणमा २१३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ८४५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ । जसमा २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५८ संक्रमित आईसीयूमा र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट ८६ हजार २१९ जना पुगेको छ ।

सम्बन्धित समाचार