आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार १८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ४२३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । जसमा २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५४ संक्रमित आईसीयूमा र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जना पुगेको छ ।

सम्बन्धित समाचार