आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१९ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ४४३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार २६६ नमुनाको पीसीआर परीक्षणमा एक हजार १८० जना र ४ हजार १७७ नमुनाको एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ५८९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ४२ हजार ३०६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ । जसमा २४ हजार ६९० जना होम आइसोलेसनमा छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५३ संक्रमित आईसीयूमा र १३७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट ८७ हजार ४१३ जना पुगेको छ ।

सम्बन्धित समाचार