नेता गुरुङले गरे प्रधानमन्त्रीलाई यस्तो अनुरोध

नेपाली काँग्रसका नेता धनराज गुरुङले सुन घोटाला काण्डमा मुछिएकालाई सदस्य सचिवमा नियुक्त गर्नु गलत भएको बताएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै गुरुङले पशुपतिनाथमा चढाएको जलहरीमा ११ किलो सुन घोटला काण्डमा मुछिएर अख्तियारको छानबिनको दायराभित्र परेको पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन थापालाई सरकारले सदस्य सचिवमा नियुक्त गर्नु गलत भएको टिप्पणी गरे ।

नेता गुरुङले उक्त निर्णय सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । त्यस्तै उनले भ्रष्टहरु काँग्रेस र कम्युनिष्ट हुँदैनन् भन्दै यति ठुलो भ्रष्टाचार काण्डमा मुछिएकालाई उल्टै पदोन्नति नियुक्ति गरिएको विरुद्धमा सबैलाई बोल्न आग्रह गरेका छन् । गुरुङले यस्तो गम्भीर विषयमा मुख सिलाएर बस्नेहरु पनि अपराधी हुन् भने ।



गुरुङले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय @PM_nepal_ ज्यु! पशुपतिनाथमा चढाएको जलहरीमा ११ किलो सुन घोटला काण्डमा मुछिएर अख्तियारको छानबिनको दायराभित्र परेको पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन थापालाई सरकारले सदस्य सचिवमा नियुक्ति गर्नु गलत हो। उक्त निर्णय सच्याउन विनम्र अनुरोध गदर्छु। जय नेपाल। भ्रष्टहरु काँग्रेस र कम्युनिष्ट हुँदैनन्, यस्तो गम्भीर विषयमा मुख सिलाएर बस्नेहरु पनि अपराधी हुन् ।’

गुरुङको ट्विट :

गुरुङको ट्विट :

सम्बन्धित समाचार