आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ३८५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ६६५ पीसीआर परीक्षणमा एक हजार ८६ जना र तीन हजार ७२० एन्टिजेन परीक्षणमा ४७२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ३५१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ । जसमा २३ हजार ९५० जना होम आइसोलेसनमा छन् भने १ हजार ५४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३८६ संक्रमित आईसीयूमा र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८३ हजार ७५ र एन्टिजेन विधिबाट ८८ हजार ६५९ जना पुगेको छ ।

सम्बन्धित समाचार