आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार १३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ३०४ पीसीआर परीक्षणमा ६५६ जना र दुई हजार ७०९ एन्टिजेन परीक्षणमा ७८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ४१३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ४९ हजार २१३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ । जसमा २२ हजार ८६४ जना होम आइसोलेसनमा छन् भने १ हजार ४४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३९० संक्रमित आईसीयूमा र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८४ हजार ५६६ र एन्टिजेन विधिबाट ८८ हजार ९६८ जना पुगेको छ ।

सम्बन्धित समाचार