माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्याे यस्ताे निर्णय

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी गराएका थिए ।



स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको सयमतालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कार्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ ।

स्थानीय स्तरको मेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।

साथै बैठकले मन्त्री छान्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

सम्बन्धित समाचार