मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?

अध्यादेश खारेज गर्ने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकले समसामयिक विषयका साथै अध्यादेश खारेजको निर्णय गर्ने बालुवाटार स्रोतले बताएको छ । त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने स्रोतले बताएको छ । प्रधानमन्त्री नियुक्त भएको एक महिना भन्दा बढी समयमा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद्को निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको एक स्रोतले बताएको छ ।



यसअघि आइतबार बसेको सत्ता गठवन्धनको बैठकले राजनीतिक दल सम्बन्धि अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । हालसम्म पाँच जना मन्त्री र एक राज्यमन्त्री मात्र नियुक्त भएका छन् । अधिकांश मन्त्रालय खाली हुँदा नियमित काम प्रभावित भएको भन्दै जनस्तरबाट आलोचना हुने गरेको छ ।

सम्बन्धित समाचार