नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बीच भेटवार्ता भएको छ । आज (सोमबार) माधव नेपालको निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको स्रोतले बताएको छ । भेटवार्ता करिव एक घण्टा भएको थियो । केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् । यस्तै उनीहरुबीच अध्यादेश फिर्ता लिने विषयमा समेत छलफल भएको स्रोतले बतायो । तर, मन्त्रिपरिषद् विस्तारबारे अझै ठोस निर्णय आउन सकेको छैन ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमती भएको थियो ।

