आफ्ना सांसद्लाई कारबाही गर्दा तुरुन्त सदर हुने र अर्काेले गर्दा नहुने : महेश बस्नेत

नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने ‘एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।’ उनले कुनै दलले आफ्ना सांसद्लाई कारबाही गर्दा तुरुन्त सदर हुने र अर्काेले गर्दा नहुने गरेको भन्दै आपत्ति जनाए।



उनले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिए । उनले आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म सांसदमा विरोध जारी राखिने पनि बताए ।

सम्बन्धित समाचार