केपी ओलीले भीम रावललाई दिए यस्तो जिम्मेवारी

एमालेका मध्यमार्गी नेताहरु रुष्ट भएपछि १० बुँदे सहमति कार्यन्वयनमा अध्यक्ष केपी ओली लतिलो हुने भएका छन् । आजको एमाले स्थायी कमिटी बैठक यसै विषयमा केन्द्रित रहेको थियो ।

बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको छ ।

१० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।

सम्बन्धित समाचार