सनराईजर्स हैदराबादको सहज जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा सनराईजर्स हैदराबाद विजयी भएको छ । गए राति भएको खेलमा राजस्थान रोयल्स हैदराबादसँग ७ विकेटले पराजित हुन पुग्यो ।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय पारी खेले भने याशभी जैसवालले ३६ रन बनाए । त्यस्तै महिपाल लोम्रोर २९ रनमा अविजित रहे । हैदराबादका लागि सिद्धार्थ कउलले दुई विकेट लिए।



१६५ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले १८.३ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि जेसन रोयले ६० रनको अर्धशतकीय पारी खेले भने केन विलियम्सन ५१ रनमा अविजित रहे । त्यस्तै अविशेक शर्मा २१ रनमा अविजित रहँदा रिद्दिमान साहले १८ रन जोडे ।

सनराईजर्स हैदराबादको सहज जित

राजस्थानका लागि मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले समान १-१ विकेट लिए । जितसँगै हैदराबाद १० खेलमा ४ अंक जोड्दै तालिकाको पुछारमा छ भने १० खेलमा ८ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने चार बजे कोलकाता नाइट राईडर्स र दिल्ली क्यापिटल्स भिड्दै छन् भने दोस्रो खेलमा पन्जाब किङ्ग्स र मुम्बई इन्डियन्स पौने आठ बजे आमने सामने हुनेछन् ।

सम्बन्धित समाचार