नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए ।

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ । (रासस)

सम्बन्धित समाचार