नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।

परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, ‘सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’
एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उनले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए । एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न नहुने बताउँदै उनले यो एक दलले मात्र गरेर नहुने बताए । ‘सरकार वा कुनै एक दलले मात्र चाहेर एमसीसी पारित हुने अवस्था छैन । यसमा राष्ट्रिय सहमति अवश्यक छ,’ उनले भने ।
राजनीतिका दलकै पिच्छेको विदेश नीतिले मुलुकको वैदेशीक सम्बन्ध संचालन हुन नहुने बताए । देशको विदेश नीतिलाई राजनीतिक दलको नीतिले प्रतिस्थापन गर्ने खोज्दा समस्या आउछ । ‘म सबै राजनीतिक दलको सहमतिको आधारमा अगाडि बड्ने छु,’ उनले भने ।

