नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन ।
उनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ । उनी चार वर्षअघि पनि उपचारको लागी लामो समय थाइल्याण्ड गएर बसेका थिए । पछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।
ज्वरो आउने ,वान्ता आउनेजस्तो समस्या नरोकिएपछि उनको सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, निको नभएपछि उनलाई बैंककस्थित समितिभेज अस्पताल लगिएको हो । पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए । नेता पुनसंगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्।

