मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

मनित्रपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

बुधबार विहान प्रचण्ड प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटार पुगेका हुन्। मध्याह्न माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको र उक्त बैठकले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने तयारी गरेको बेला प्रचण्ड प्रधानमन्त्रीलाई भेटन् पुगेको बताइएको छ।



प्रधानमन्त्रीसँग भेटेर मन्त्रालयको टुंगो लगाइसकेपछि आज बस्ने स्थायी कमिटीको बैठकबाट मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी माओवादी केन्द्रको छ।

सम्बन्धित समाचार