अख्तियारद्वारा प्रदेश–२ को मुख्यमन्त्रीको कार्यालयमा छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको छ । आज (बुधबार) बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको हो ।

आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । साइकल खरिदमा अनियमितता भएको उजुरीको छानविनको क्रममा अख्तियारले छापा मारेको जनाएको छ ।



प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

साइकल खरिदबारे सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने आयोगले जनाएको छ । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

सम्बन्धित समाचार