को-को उपस्थित भए सर्वदलीय बैठकमा ?

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री  निवास बालुवाटारमा आज (बिहीबार) विहान १०:३० बजेबाट बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा केन्द्रित रहने बालुवाटार स्रोतले जनाएको छ । सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गरेको छ । सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुनै पनि नेता बैठक सहभागी भएका छैनन् ।



बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र ) का संसदीय दलका नेता पुष्पकमल दाहाल नेता नारायणकाजी श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै आएको छ ।

 

सम्बन्धित समाचार