नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका छन् । लेखीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।
आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन् । लेखीले विज्ञप्तिमा भनेका छन्, ‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु । ‘
राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा लेखी आवद्ध भएका थिए । त्यस्तै लेखीले तत्काल कुनै पार्टी नखोल्ने बताएका छन् ।

