प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज १९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । त्यस्तै बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाएका थिए ।यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गरेका थिए ।



प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि सभामुखले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदबारे सुचना टाँस नगरेसम्म संसद अवरुद्ध पार्ने एमालेले बताउँदै आएको छ ।

संसद्लाई विना अवरोध चलाउने वा संसदको जारी अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका थिए । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार