एमालेको विधान महाधिवेशन सुरु (लाइभ)

नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरू भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो।

एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ। विधान महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका करिब ६ हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ। विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ।



महाधिवेशनमा पेस हुने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमा सहभागीले समूहगत आधारमा छलफल गर्नेछन् ।

भिडियो –

भिडियो साभार : NAAN (न्युज एजेन्सी नेपाल)

 

सम्बन्धित समाचार