यी चार पूर्व प्रधान्यायाधीशले पाए सफाइ

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएसँगै चार पूर्व प्रधानन्यायाधीशहरु सफाई पाएका हुन् । अधिवक्ता धनजीत बस्नेतले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।



गत २४ पुस २०७७ मा चार पूर्व प्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति निकालेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए । चारपटक पेसीमा चढेको उक्त मुद्दा एकपटक हेर्न नभ्याइने सूचीमा राखिएको थियो भने अर्कोपटक निवेदकको कानून व्यवसायीबाटै स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार