नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका छन् । हिजो भएको खेलमा मुम्बई इन्डियन्स दिल्लीसँग ४ विकेट पराजित भयो भने चेन्नई सुपर किङ्स राजस्थानसँग ७ विकेटले पराजित हुन पुग्यो ।
सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२९ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ३३ रन बनाए भने क्विन्टन डी ककले १९ रन बनाए । त्यस्तै हार्दिक पान्डयले १७ रन बनाई आउट हुँदा सौरभ तिवारीले १५ २ कुर्नाल पान्डयले १३ रनमा अविजित रहे । दिल्लीका लागि आभेस खान र अक्षर पटेलले समान ३-३ विकेट लिए ।
१३० रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको लागि श्रेयस आयरले अविजित रहँदै ३३ रन बनाए भने कप्तान ऋषव पन्तले २६ रन जोडे। त्यस्तै रविचन्द्र आश्विनले २० रनमा अविजित रहे भने शिम्रन हेटमायरले १५ रन बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्ट,जयन्त यादव,क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र नाथन निलले समान १-१ विकेट लिए । जितसँगै दिल्ली १२ खेलमा १८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने १२ खेलमा १० अंक जोडेको मुम्बई सातौं स्थानमा रहेको छ । दिली प्ले अफ पुगिसकेको छ ।
यस्तै शनिबार भएको अर्को खेलमा राजस्थान चेन्नईलाई ७ विकेटले पराजित गरेको छ । आबुधाबीमा टस हारेर अघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १८९ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले १०१ रनको शतकीय पारी खेले भने रविन्द्र जडेजा ३२ रनमा अविजित रहँदा फाप डु प्लेसिसले २५ रन बनाए । राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिए ।
१९० रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । राजस्थानको लागि शिबम डुबेले अविजित रहँदै ६४ रन बनाए भने याशभी जैसवालले ५० रन जोडे । चेन्नईका लागि सार्दुल ठाकुरले २ विकेट लिए । जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १२ खेलमा १८ अंक जोडेको चेन्नई शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किङ्स भिड्दै छन् भने दोस्रो खेलमा कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदरावाद आमने सामने हुनेछन् ।