भैरहवा ग्लाडियटर्स विजयी

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (सोमबार) भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्स विजयी भएको छ । आज भएको खेलमा चितवन टाइगर्स भैरहवासँग ६ विकेटले पराजित हुन पुग्यो । प्रतियोगितामा चितवनको यो पहिलो हार हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ् गरेको चितवनका निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६४ रन बनायो । चितवनको लागि करिम जनतले ३५ रन बनाए भने मोहम्मद साहजादले ३२ रन जोडे । त्यस्तै सिक्कुगे प्रशन्ना २४ रन बनाई आउट भए भने राजेश पुलामीले १४ रन जोडे । भैरहवाका लागि अविनाश बोहोराले ३ विकेट लिए भने कुशल मल्लको भागमा २ विकेट रह्यो । यस्तै धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा समान १-१ विकेट रह्यो ।



१५६ रनको लक्ष्य लिएर मैदान उत्रेको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । भैरहवाका लागि प्रदीप ऐरीले ७२ रन बनाए भने तमिम इक्वालले ४० रन जोडे । त्यस्तै उपुल थाराङ्गा ३९ रनमा अविजित रहे भने रोहित पौडेलले ६ रन जोडे । चितवनका लागि करिम जनतले २ विकेट लिए भने सागर ढकाल र भीम सार्कीको नाममा समान १-१ विकेट रह्यो ।

जितसँगै चितवन ४ खेल जितेर ८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने ६ अंक जोडेको भैरहवा दोस्रो स्थानमा उक्लिएको छ । चितवन र भैरहवा प्ले अफमा पुगिसकेका छन् ।

 

 

 

सम्बन्धित समाचार