दिल्ली शीर्ष स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा चेन्नई सुपर किङ्स दिल्लीसँग ३ विकेटले पराजित हुन पुग्यो ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १३६ रन बनाएको थियो । चेन्नईका लागि अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय पारी खेले भने रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८ रन बनाए । दिल्लीका लागि अक्षर पटेलले २ विकेट लिए ।



दिल्ली शीर्ष स्थानमा उक्लियो

१३७ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । दिल्लीको लागि शिखर धवनले ३९ रन बनाए भने शिम्रन हेटमायरले २८ रनमा अविजित रहे । त्यस्तै पृथ्वी श र रिपल पटेलले समान १८-१८ रन जोडे । bचेन्नईका लागि रविन्द्र जडेजा र शार्दुल ठाकुरले समान २-२ विकेट लिए ।

जितसँगै दिल्ली १३ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने १३ खेलमा १८ अंक जोडेको चेन्नई दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

चेन्नई

 

सम्बन्धित समाचार