पन्जाब र कोलकाता विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स विजयी भएका छन् । बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्स पन्जाबसँग ६ विकेटले पराजित हुन पुग्यो भने राजस्थान रोयल्स कोलकातासँग ८६ रनले पराजित हुन पुग्यो ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १३४ रन बनाएको थियो । चेन्नईको लागि फाफ डु प्लेसिस ले ७६ रन बनाए भने रविन्द्र जदेजा १५ रनमा अविजित रहे । त्यस्तै महेन्द्र सिंह धोनी र रतुराज गाईकवाडले समान १२-१२ रन जोडे । पन्जाबको लागि अर्शदीप सिंह र क्रिस जोर्दंले समान २-२ विकेट लिए भने मोहमद शामी र रवि बिश्वईको भागमा समान १-१ विकेट रह्यो ।



पन्जाब किंग्स

१३५ रन्को लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले १३ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । पन्जाबको लागि कप्तान केएल राहुलले अविजित रहँदै ९८ रन बनाए भने आइडेन मार्क्रमले १३ रन जोडे । चेन्नईको लागि शार्दुल ठाकुरले ३ विकेट लिए । जितसँगै १४ खेलमा १२ अंक जोडेको पन्जाब पाँचौं स्थानमा छ भने १४ खेलमा १८ अंक जोडेको चेन्नई दोस्रो स्थानमा रहेको छ ।

चेन्नई सुपर किंग्स

त्यस्तै बिहीबार भएको अर्को खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले पराजित गरेको छ । सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७१ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५६ रनको अर्धशतकीय पारी खेले भने भेन्काटेस इयरले ३८ र राहुल त्रिपाठीले २१ रन बनाए । राजस्थानका लागि क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले समान १-१ विकेट लिए ।

१७२ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थान राजस्थान १६.१ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटियो । राजस्थानका लागि राहुल टेवाटियाले ४४ रन बनाए भने शिबम डुबेले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । कोलकाताका लागि शिभम माभीले ४ विकेट लिए भने लकी फर्गुसनको भागमा ३ विकेट रह्यो ।

कोलकाता

जितसँगै कोलकत्ता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा उक्लदै प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ भने १४ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरवाद भिड्दै छन् भने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स आमने सामने हुँदै छन् ।

राजस्थान

 

सम्बन्धित समाचार