बुटवलमा गोली चल्यो, दुई जना घाइते

बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएपछि सशस्त्र प्रहरीले गोली चलाएको हो ।

औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा गोली चलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । घाइतेहरुलाई अस्पताल लैजाँदै गरेको प्रहरीले बताए । औद्योगिक क्षेत्रको जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।



प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा झडप भएको हो । गत चैतमा पनि औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेका थिए । करिब १ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । प्रशासनले रातको समयमा गएको तीन दिनदेखि टहरा भत्काउदै आएको छ ।

 

सम्बन्धित समाचार