नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसपालिको मनसुन आज भोलिमै बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाकाअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिइसकेको छ ।
गण्डकीसहित पूर्वी पहाडी क्षेत्रमा भने हल्का प्रभाव छ । ‘आजभोलिमै मनसुन बाहिरिने सम्भावना छ, हामीले अध्ययन गरिरहेका छौँ। भरे बेलुकासम्म सूचना निकाल्ने छौँ’– उनले भने ।
