नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।

भारतीय लुटेरा समूहले मोरङमा एक बैंक लुट्ने प्रयास असफल भएको छ। धनपालथान गाउँपालिका सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न खोज्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले लुटपाटका लागि गोली चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको बताए ।
‘हामीले तीन जनालाई नियन्त्रणमा लिएका छौं, उनले भने, ‘घट्नाको थप अनुसन्धान भइरहेको छ।’ बैंकभित्र छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा लुटेरा समूहले गोली चलाएको प्रहरीले जनाएको छ।
लुटेराको गोली लागेर सुरक्षा गार्ड घाइते भएका छन्। पक्राउ परेकाहरूलाई पनि गोली लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान नखुलेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको छ ।
